हामी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सशक्तीकरण र समावेशी समाज निर्माणका लागि समर्पित संस्था हौं। शिक्षा, स्वास्थ्य, सीप विकास, जीविकोपार्जन, पहुँचयोग्यता र सामाजिक सहभागितामार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने हाम्रो उद्देश्य हो।
हामी सरकार, स्थानीय तह, समुदाय तथा विभिन्न साझेदार संस्थाहरूसँग सहकार्य गर्दै सबैका लागि समान अवसर र सम्मान सुनिश्चित गर्न निरन्तर प्रयासरत छौं।
हामी विश्वास गर्छौं कि प्रत्येक व्यक्तिमा क्षमता हुन्छ। उचित अवसर, पहुँच र सहयोग प्राप्त भएमा सबैले समाजको विकासमा समान रूपमा योगदान दिन सक्छन्।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु।
समावेशी शिक्षा र रोजगारीका अवसरहरू विस्तार गर्नु।
सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्नु।
अपाङ्गताप्रति सकारात्मक सोच र जनचेतना फैलाउनु।
पहुँचयुक्त तथा समावेशी समाज निर्माणमा योगदान पुर्याउनु।
कसैलाई पनि पछाडि नछोड्ने" भन्ने सिद्धान्तअनुसार अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, समानता र सहभागितालाई सुनिश्चित गर्दै समावेशी समाज निर्माणमा निरन्तर प्रयासरत रहने हाम्रो प्रतिबद्धता छ।
समावेशी शिक्षा
सीपमूलक तालिम
जनचेतना कार्यक्रम
सहायक सामग्री वितरण
नेतृत्व विकास
परामर्श तथा समन्वय
अपाङ्गता भएका नागरिकहरुको वकालत र पैरवीमा काम गर्ने.