नेपाल सरकारले गरिवीको रेखामुनि रहेका आफ्ना नागरिकहरुको जीवनस्तर उकास्नका लागि प्रयासरत रहेको छ । नेपालको सामाजिक संरचत्ता गरिवी, अशिक्षा, असमानता र विभेदको चपेटामा दलित, अपाङ्ग र विपन्न महिलाहरु परिरहेका छन् । सदियौदेखि पछाडि पारिएका, पिल्साइएका दलित, विपन्न वर्ग, अपाङ्ग महिलाहरु घरेलु हिंसा, लैङ्गिक तथा जातीय विभेदले गर्दा राज्य र समाजको हरेक क्षेत्रमा पछि परेका छन् । अतः नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रबाट पछि परिरहेका महिला, दलित, अपाङ्ग तथा बालबालिकाहरुको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीको उचित व्यवस्थापन गर्न दलित, अपाङ्ग र महिलाहरुलाई विभिन्न खालका जीविकोपार्जन तालिमको व्यवस्था गरी उनीहरुलाई आत्मनिर्भर बनाउन, सबै वालवालिकालाई शिक्षाको पहुँचमा ल्याउन साथै यस म्याग्दी जिल्लामा रहेका दलित, विपन्न, अपाङ्ग र महिलाहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सहयोग गर्दै उनीहरुलाई शिक्षित, आत्मनिर्भर र सशक्तिकरण गर्ने उद्देश्यका साथ यसै म्याग्दी जिल्ला सबै स्थानीय तहका विपन्न, दलित, अपाङ्ग र महिलाहरुको हकहितको संरक्षण गर्न उनीहरुलाई देशको सर्वाङ्गीण विकास कार्यमा सहभागी बनाउदै लैजाने उद्देश्यले संस्था दर्ता ऐन २०३४ को अधिनमा रही यस अन्नपूर्ण अपाङ्ग सञ्जाल गठन गरी देहाय बमोजिमको विधान तयार गरिएको छ ।
• स्थापना : वि.सं. २०७६
• कार्यक्षेत्र : अन्नपूर्ण गाउँपालिका, म्याग्दी
• स्थापना उद्देश्य : अपाङ्गता भएका व्यक्तिहरूको
सशक्तीकरण र समावेशी विकास
समावेशी, समानतामूलक र पहुँचयुक्त समाज निर्माण गर्नु।
अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार संरक्षण,
क्षमता विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पहुँच
अभिवृद्धि गर्दै समावेशी समाज निर्माणमा योगदान पुर्याउनु।
नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही कार्य गर्न यस संस्थाको उद्देश्य देहाय बमोजिमको हुनेछ र यो संस्था मुनाफा रहित गैरसरकारी र जनहितकारी सामाजिक संस्था हुनेछ
१. अपाङ्गता भएका व्यक्तिहरुलाई कृषि, पशु, वन विकास, लघुउद्यम, उर्जा, जलवायु तथा वातावरणीय क्षेत्रमा सुधार गर्दै संस्थाका सम्पूर्ण सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने । साथै अपाङ्गता भएका व्यक्तिहरुका लागि सीपमूलक तालिम तथा आयमूलक कार्यक्रम सञ्चालन गर्ने ।
२. अनाथ असहाय, अपाङ्ग, विस्थापित, वालवालिका र अशक्त महिलाहरुको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ।
३. गरिबीको कारणले विद्यालय जान नसकेका तथा विद्यालय छाड्न बाध्य भएका असहाय अपाङ्ग बालबालिकाहरुका लागि विद्यालयमा लाग्ने मासिक शुल्कसहित सम्पूर्ण शैक्षिक सामग्रीको व्यवस्थापन गर्न सहयोग गर्ने ।
४. अपाङ्गता भएका व्यक्तिहरुलाई साक्षरता अभियान सञ्चालन गर्दै स्थानीय स्तरमा इन्द्र व्यवस्थापन गर्नमा सहयोग पुर्याउन आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने ।
५. यस सञ्जालको कार्यक्षेत्रभित्रका विभिन्न शैक्षिक संघसंस्था, विद्यालयहरुमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरी अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा प्रदान गर्न सहयोग पुग्ने कार्यक्रमहरु सञ्चालन गर्ने साथै अपाङ्ता भएका व्यक्तिहरुको शैक्षिक स्तर उकास्नको लागि अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने ।
६. कार्यक्षेत्रभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई नैतिक, भौतिक रुपमा सहयोग गर्दै प्राकृतिक प्रकोप, दैवी प्रकोप पीडितहरुको राहतका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने।
७. यस सञ्जालको कार्यक्षेत्रभित्र पर्ने सबै स्थानीय तहहरुमा अपाङ्गहरुको वास्तविक तथ्याङ्क संकलन गरी तिनीहरुको तथ्याङ्क अद्यावधिक राखिनेछ
८. अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्ने ।
९. यो संस्थाले कुनै पनि कार्य गर्दा स्थानीय निकायसंग समन्वय गरी काम गर्नेछ ।
• समानता
• सम्मान
• समावेशिता
• पारदर्शिता
• उत्तरदायित्व
• सहकार्य
अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा
१. दोबा
२. भुरुङ–तातोपानी
३. दाना
४. नारच्याङ
५. शिख
६. घार
७. हिस्तान
८. राम्चे
• अन्नपूर्ण गाउँपालिका
• वडा कार्यालयहरू
• सरकारी निकाय
• गैरसरकारी संस्था
• विकास साझेदार