अन्नपूर्ण गाउँपालिकाको कुल क्षेत्रफलको करिब १.९० प्रतिशत भू-भाग ओगटेको वडा नं. १, दोबा प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधताले सम्पन्न वडा हो।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, समान अवसरको सुनिश्चितता, क्षमता विकास, सामाजिक सहभागिता तथा समावेशी विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्नपूर्ण अपाङ्ग सञ्जालले वडा स्तरमा विभिन्न कार्यक्रम तथा समन्वयात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक, आत्मनिर्भर र समावेशी जीवनयापन सुनिश्चित गर्न निरन्तर प्रयास भइरहेको छ।
वडा नं. १ मा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गर्दै उनीहरूको हक, अधिकार, अवसर र सेवामा पहुँच अभिवृद्धि गर्ने तथा समावेशी समाज निर्माणमा सक्रिय सहभागिता सुनिश्चित गर्ने कार्यमा अन्नपूर्ण अपाङ्ग सञ्जाल निरन्तर प्रतिबद्ध रहेको छ।
कुल
महिला
पुरुष
शारीरिक अपाङ्गता २५
दृष्टिसम्बन्धी अपाङ्गता २०
सुनाइसम्बन्धी अपाङ्गता १२
श्रवण–दृष्टिविहीन १२
स्वर बोलाइ अपाङ्गता २३
मानसिक अपाङ्गता १४
बौद्धिक अपाङ्गता १३
अटिजम -
हेमोफिलिया -
बहुअपाङ्गता १२
पूर्ण असक्त [ रातो } १२
अति असक्त [ निलो ] २३
मध्यम [ पहेंलो } १९
मध्यम [ पहेंलो } १९